• २०८१ बैशाख १५ शनिबार

काँग्रेस सभापति देउबा र नेता पौडेलले गरे तातोपानी कुण्डमा स्नान 

kharibot

तस्बीर : रासस

म्याग्दी ।  नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन् । 

नेपाली काँग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आएको अवसरमा उनीहरु प्रसिद्ध तातोपानी कुण्ड पुगेका हुन् । 

हेलिकप्टरबाट म्याग्दी आउनुभएका नेताद्वय देउवा र पौडेल स्थानीय नेता तथा कार्यकर्तासहित तातोपानी कुण्डमा पुगेका थिए । कुण्डमा उनीहरुले काँग्रेस म्याग्दीका जिल्लास्तरका नेताहरुसँगै स्नान गरेका थिए । 

काँग्रेस सभापति देउवा एकैछिन मात्रै तातोपानी कुण्डमा डुबेर निस्कए भने वरिष्ठ नेता पौडेल भने केहीबेर कुण्डमा बसेका थिए । 

तातोपानी कुण्ड स्नान गर्नुपूर्व नेताद्वयले कुण्ड परिसरको अवलोकन समेत गरेका थिए । तातोपानी कुण्ड व्यवस्थापन समितिले नेताद्वयलाई कुण्डमा स्वागत गरेका थिए । 

यसअघि गएको कात्तिक अन्तिम साता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापा आफ्नो परिवारसहित म्याग्दी आएर तीन दिनसम्म तातोपानी कुण्डमा स्नान गरेका थिए । 

उनीहरुको स्नानसँगै देश विदेशमा अहिले तातोपानी कुण्डको विषयमा व्यापक रुपमा प्रचारप्रसार भैरहेको छ । पछिल्लो समय म्याग्दीको तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा विकसित हुँदै गैरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै