काठमाडौँ। नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलसले शनिबार रोयल इन्फिल्ड “ट्रेजर हन्ट राइड २०१८” कार्यक्रम बालाजु स्थित रोयल इन्फिल्ड मोटरसाइकलको शोरुम बाट सुरु भई हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न गरेको छ।
विभिन्न पहेली तथा क्लुहरु हल गरी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विश्व सम्पदा सुचिमा रहेका सम्पदा परिक्रमा गरी सहभागीहरु सल्लाधारीमा जम्मा भएका थिए । १३५ रोयल इन्फिल्ड मोटरसाइकल मा सवार लगभग २०० राइडरको नेतृत्व गर्दै रोड क्यप्टेन रमेश अवाले सल्लाधारीबाट हिमालयन मोटरल्याण्ड, धुलिखेल पुगेका थिए ।
कार्यक्रममा गाईड द ब्लाइन्ड, टग अफ वार, स्याक रेस र स्लो रेस जस्ता भाइचारा अनि आपसि मेल बढाउने खेलहरु समावेस गरीएका थिए । तुल्सी मान अधिकारी, प्रताप बश्नेत, आशिष के सी र कृष्ण अधिकारी गाईड द ब्लाइन्ड खेल का बिजेता भए भने तुल्सी मान अधिकारी, पुष्प कटुवाल, कृष्ण श्रेष्ठ, पुजन कटुवाल, लक्षमन कटुवाल टग अफ वार खेलका बिजेता भए ।
त्यस्तै प्रविन क्षेत्रि स्याक रेस खेल का प्रथम स्थान, राहुल खड्का दोस्रो स्थान तथा आशिष केसी तेश्रो स्थानका बिजेता भए भने राम बिक्रम थापा स्लो रेस खेलका प्रथम स्थान, प्रताप बश्नेत दोस्रो स्थान तथा बिजय सुनुवार तेश्रो स्थानका बिजेता भए । सुजल बैध्य “ट्रेजर हन्ट राइड २०१८” का प्रथम स्थान, धर्मराज राई दोस्रो स्थान तथा रजेन्द्र भण्डारी तेश्रो स्थानका बिजेता भए ।
बिजेताहरुलाई हिमालयन मोटरल्याण्ड का इन्चार्ज निरोज खडका, रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघ राज पौेडेल, रोयल इन्फिल्डका प्रबन्धक रुद्रजंग शाह र सरोज खडकाले ट्रोफ तथा मेडल ले सम्मान गरेका थिए। सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना तथा स्वस्थ्य जीवन शैलीको सन्देश प्रवाह गर्ने रयालिको मुख्य उद्देश्य रहेको थियो ।









