• २०८१ बैशाख २६ बुधबार

बारामा दोश्रो सिमरा औद्योगिक व्यापार, कृषि तथा खेलकुद महोत्सव शुरु

kharibot

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित सिमरा रङ्गशालामा शुक्रवारबाट दोश्रो सिमरा औद्योगिक व्यापार, कृषि तथा खेलकुद महोत्सव शुरु भएको छ । सिमरा फाउण्डेशनको मुख्य आयोजना, औद्योगिक शान्ति नेपाल काठमाण्डौं र सिमराको हाम्रो समन क्याम्पको सहकार्यमा यो महोत्सव हुन लागेको हो । 

आगामी १६ पुषसम्म हुने यस महोत्सवको प्रतिनिधी सा सदस्य किष्ण श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै राजनितीक पुर्वाग्रह नराखी यस क्षेत्रको विकासमा सबै एक जुट हुन आग्रह गरेका थिए । 

यस क्षेत्रमा निर्माण हुँन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल , विशेष आर्थिक क्षेत्र (सेज) , ६ लेन व्यापारीक मार्ग , पेटोलियम पाईप लाईनका साथै काठमाण्डौंसँग तराईलाई जोड्ने फास्ट्रयाकले बारा जिल्लालाई ठूलो अवसर दिएकोले यसलाई सदुपयोग गर्न सबैलाई आग्रह गरे । 

महोत्सव स्थल सिमरा रङ्गशालामा हिमाल , पहाड र तराईको प्रतिनिधित्व झल्किने दुई सय भन्दा बढि विभिन्न स्टलहरु राखिएको छ । २०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहराको प्रतिविम्ब देखि बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर , हात्ती तथा गैंडाका स्तम्भ लगायत नेपालका विभिन्न स्थानको पहिचान झल्काउँने प्रतिविम्बहरु समेत निर्माण गरिएको छ । 

प्रत्यक दिन महोत्सवमा सहभागि हुँन आउँने दर्शकको मनोरञ्जनका लागि चार दर्जन भन्दा बढि राष्ट्रिय कलाकारहरुको सहभागितामा मनोरञ्जनात्मक कार्यक्रम , वाल उद्यान तथा अन्य विभिन्न मनोरञ्जनका साधनहरुको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । 

सिमरा फाउण्डेशनका अध्यक्ष हुसेनको सापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ मा प्रदेश सभा सदस्य सुन्दर विक , सीता गुरुङ्ग , ज्वाला साह , जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण प्रौडेल , निजगढ नगरपालिकाका नगर उपप्रमुख लिलादेवि खनाल , नेपाली काँग्रेसका नगरसभापति श्यामबाबु गुप्ता लगायतको उपस्थिती रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै