• २०८१ बैशाख २० बिहीबार

संघीय समाजवादी फोरमको महाधिवेशन मिति सर्यो, अब बैशाखमा हुने 

kharibot

काठमाडौँ। संघीय समाजवादी फोरमको महाधिवेशन मिति सरेको छ। यहि मंसिर २२ र २३ गते बसेको केन्द्रीय समितिको सातौं बैठकले २०७५ साल माघ २८, २९ र ३० गते सम्पन्न गर्ने भनिएको प्रथम राष्ट्रिय एकता महाधिवेशनको लागि तयारी गर्ने समय अपुग भएकोले आगामी २०७६ वैशाख २८, २९ र ३० गते जनकपुरधाममा गर्ने निर्णय गरेको छ।  

बैठकले राष्ट्रिय महाधिवेशनअघि प्रदेश र स्थानीय तहको अधिवेशन सम्पन्न गर्न सम्बन्धित प्रदेश, जिल्ला र कमिटिहरुलाई निर्देशन जारी गरेको छ। 

साथै बैठकले महाधिवेशन तयारी सन्दर्भमा सदस्यता नवीकरण २०७५ माघ २५ गतेसम्म गरिसक्नु पर्ने, तदर्थ समिति नबनिसकेका ठाउँहरूमा पुस १५ गतेसम्म बनाईसक्नु पर्नेछ, वडा, गाउँ, नगरपालिका, उपमहानगर र महानगरपालिकाहरूको अधिवेशन २०७५ फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने निर्णय गरेको छ । 

त्यस्तै, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला समन्वय समितिरूको गठन २०७५ चैत्र ५ गतेसम्म र प्रदेश अधिवेशन २०७५ चैत्र २० गतेसम्म सम्पन्न गरिसक्ने साथै कृयाशील सदस्यता नवीकरण विवरण २०७५ फागुन १० गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने नवीकरण वापतको शुल्क पनि बुझाउन बैठकले निर्णय गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै