• २०८१ बैशाख १५ शनिबार

घुँडासम्बन्धि निःशुल्क परीक्षणका लागि नेपाल मेडिसिटीको देशब्यापी स्क्रिनिङ्ग टुर

kharibot

काठमाडौँ। घुँडासम्बन्धि समस्या भएकाहरुलाई निःशुल्क परामर्श तथा परीक्षणका लागि नेपाल मेडिसिटी अस्पतालले देशब्यापी बृहद् स्क्रिनिङ्ग टुरको आयोजना गरेको छ । 

घुँडासम्बन्धि समस्याका कारण हिडडुल गर्न नसक्ने र गुणस्तरीय जीवनयापनबाट विमुख भएकाहरुलाई यसप्रकारको कार्यक्रमले सहयोग पुग्ने छ । आफ्नै घरआंगनमा समस्या पहिचान र विशेषज्ञ चिकित्सकबाट उपचार समेत हुने भएकोले विरामीहरुले यस कार्यक्रमबाट लाभान्वित हुने छन् । 

घुँडा दुख्ने, घुँडा बांगिएको, उमेरको कारणले घुँडा खिइएको, बाथरोगको कारणले घुँडाको समस्या भएका, जोर्नी खिइएका तथा नशा च्यातिएको समस्या र खेलकुदको कारणले घुँडामा चोटपटक भएका व्यक्तिहरुलाई जोर्नी सम्बन्धि समस्या हुने र उनीहरुको जोर्नी प्रत्यारोपण सम्मको उपचार आवश्यक पर्ने भएकोले, नेपाल मेडिसिटी अस्पतालले सहुलियत दरमा जोर्नी प्रत्यारोपणको प्याकेजको ब्यवस्था गरेको छ । 

काठमाडौमा केही महिना अघि गरिएको यसप्रकारको शिविरबाट करिब ५ सय जना विरामीहरुले निशुल्क परामर्श तथा परीक्षण गरी ५० जनाको घुँडाको जोर्नीको सफल प्रत्यारोपण गरिएको थियो । सोही कार्यक्रमलाई देशभरी लगी बढी भन्दा बढी विरामीहरुलाई लाभान्वित गर्ने नेपाल मेडिसिटी अस्पतालको योजना रहेको छ । 

जोर्नी प्रत्यारोपण गर्दा जोर्नीको बिग्रेको भागलाई निकालेर त्यसको ठाँउमा कृत्रिम जोर्नी राखिन्छ जुन धातु र प्लाष्टिकजन्य पदार्थबाट बनेको हुन्छ । यस उपचारमा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. शिशिर लाखे, डा. राज राणा लगायतका टोली संलग्न रहनु हुनेछ । 

नेपाल मेडिसिटी अस्पतालले अत्यन्त न्यून शुल्कमा जोर्नी प्रत्यारोणको प्याकेज उपलब्ध गराएको कारणबाट धेरै विरामीहरु यसबाट लाभान्वित हुनेछन् । ३ लाख ८० हजार रुपैयामा शल्यक्रिया, युएस एफडिए इम्प्लाण्ट, औषधि र सम्पूर्ण उपचार सामाग्री, ७ दिनको सिंगल क्याबिन, आई.सि.यु., फिजियाथेरापी लगायत सेवाहरुलाई एकै प्याकेजमा उपलब्ध गराएको छ । 

यस स्क्रिनिङ्ग टुर नेपालका निम्नानुसारका सहरहरुमा निम्न मितिहरुमा आयोजना गरिएको छ ।  

हेटौडाको चुरे हिल हस्पिटलमा कार्तिक २८ गते
बिरगञ्जको बिरगञ्ज हेल्थ केयर हस्पिटलमा कार्तिक २९ गते
जनकपुरको जानकि मेडिकल कलेजमा मंसीर २८ गते
धरानको मञ्जुश्री पोलिक्लिनीकमा पुस १ गते
दमकको लाइफ लाइन हस्पिटलमा पुस २ गते
बुटवलको लुम्बीनी सिटी हस्पिटलमा पुस १२ गते
पोखराको विभुति हस्पिटलमा पुस १४ गते
धनगढीको कैलाली हस्पिटलमा पुस २४ गते
नेपालगञ्जको नेपालगञ्ज मेडीकल कलेज कोहलपुरमा पुस २६ गते
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय