• २०८१ बैशाख १६ आइतबार

पोखरा प्रिमियर लिग बन्यो सर्वाधिक ठुलो घरेलु टी-२० क्रिकेट प्रतियोगिता 

kharibot

काठमाडौं। शुक्रबारदेखि सुरु हुन लागेको पोखरा प्रिमियर लिग क्रिकेटको पुरस्कार रकम वृद्धि गरिएको छ । रकम वृद्धि गरेसँगै सर्वाधिक ठुलो घरेलु टी-२० क्रिकेट प्रतियोगिता बनेको छ। 

यसअघि उपाधि विजेताले २५ लाख पाउने भनिएकोमा २ लाख बढाइएको छ । प्रतियोगिताको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार पुरस्कार रकम बढाइएको जानकारी दिएको हो । प्रतियोगिताको उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ ।

यसबाहेक प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही एक–एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाउनेछन् । घरेलु प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीलाई एकैपटक मोटरसाइकल पुरस्कार प्रदान गर्न लागिएको पनि पहिलो पटक हो ।

यस्तै हरेक खेलको म्यान अफ् द म्याचले १० हजार रुपैयाँ नगद र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछ भने हरेक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ नगद बोनस पाउने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

यसैगरी प्रत्येक खेलमा उत्कृष्ट क्याच गर्नेले सुबिसुको तर्फबाट वार्षिक प्रिमियम प्याकेज पाउनेछन् भने हरेक खेलमा कम बलमा अर्धशतक प्रहार गर्नेलाई सुबिसुकै तर्फबाट १ वर्षका लागि हाइस्पीड इन्टरनेट सुविधा दिइनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै