• २०८३ असोज २५ आइतबार

नाना पाटेकरसँगै गणेश आचार्यपनि यौन शोषणमा सामेल छन् - अभिनेत्री तनुश्री दत्ता 

नाना पाटेकरसँगै गणेश आचार्यपनि यौन शोषणमा सामेल छन् - अभिनेत्री तनुश्री दत्ता 

मुम्बई। बलिवुड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले गर्दा आफुले बलिवुड छोडेको खुलासा पछि अब कोरियोग्राफर गणेश आचार्यमाथि यौन शोषण गरेको आरोप लगाएकी छन्। 

पछिलो केहि बर्षदेखि अमेरिकामा रहेकी तनुश्रीले हाल मुम्बई फर्किएकी छन्। उनले सन् २००८ मा हर्न ओके प्लिजको सुटिंगका क्रममा नाना पाटेकरले आफुलाई यौन दुर्व्याव्बहार गरेको आरोप लगाएकी थिइन् । तनुश्रीको सो आरोपलाई त्यति बेला गणेश आचार्यले नाना पाटेकरको समर्थन गरेका थिए। अहिले तनुश्रीले गणेश आचार्यलाई निशाना बनाउदै गणेश पनि यौन शोषणमा बराबरको हिस्सेदार रहेको बताएकी छन्।

तनुश्रीले भनिन्, 'गणेश आचार्य झूठ बोलेका छन् । मेरो कारणले नै उनले फिल्ममा काम पाएका थिई अहिले मेरै विरुद्ध कुरा गरेका छन्। उनेल नाना पाटेकरलाई समर्थन गर्नु स्वाभाविक हो किनकी यौन शोषणमा उनी पनि बराबरका हिस्सेदार हुन्।' 

कोरियोग्राफर गणेशले यस बारेमा बोल्दै धेरै पुरानो कुरा आफुलाई प्रष्ट याद नभए पनि केहि असमझदारीका कारण सुटिंग लामो समयसम्म रोकिएको थियो। तर तनुश्रीले भने जस्तो नभएको बताए।   

तनुश्रीले 'हॉर्न ओके प्लीज' को आइटम गीत सुटिंगका क्रममा नाना पाटेकरले अस्वाभाविक ढंगले छोएको आरोप लगाउदै त्यति बेला आफु डरले भागेर आफ्नो भेनिटी भ्यानमा गएर बसेको बताएकी थिइन्। तनुश्रीले आफ्नो कुरा निर्माता, निर्देशक कसैले नसुनेको भन्दै यसमा गणेश आचार्यपनि उत्तिकै भागिदार भएको आरोप लगाएकी छन्।  

सो घटनापछि नाना पाटेकरले तनुश्रीको आरोपको खण्डन गर्दै तनुश्री आफ्नी छोरीको उमेरकी भएको बताएका थिए। तनुश्रीको फेरी सो घटनालाई उठानले नाना पाटेकरलाई फेरी विवादमा ल्याउने देखिएको छ। 

सो घटनापछि तनुश्रीलाई बलिवुडमा फिल्म पाउन छोडिन र कुनै फिल्ममा देखा परिनन्। 

सन् २००४ कि मिस इंडिया समेत रहेकी तनुश्रीले २००५ मा आशिक बनाया आपनेबाट बलिवुडमा कदम राखेकी थिइन्। सुपरहिट भएको सो फिल्मपछि उनले  चकलेट, रोक, अपार्टमेन्ट जस्ता एक दर्जन फिल्ममा अभिनय गरेकी छन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै