• २०८१ बैशाख १६ आइतबार

ओइपिएलका दुईवटा च्यानल रमाइलो टिभी र एक्सन स्पोर्टस् एचडी टिभी दोस्रो बर्षमा प्रवेश 

kharibot

काठमाडौँ। ओरिजिनल इन्टरटेनमेन्ट प्रा.लि.(ओइपिल) अन्र्तगत संचालनमा रहेका दुईवटा च्यानलहरु रमाइलो टिभी एचडी र एक्सन स्पोर्टस् एचडीले आफ्नो प्रसारणको एक बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ । 

बि.सं.२०७४ साल असोज १ गते बिश्वकर्मा पूजाको पवित्र दिन पारेर यी दुई च्यानलहरु प्रसारणमा आएका थिए । मनोरञ्जन क्षेत्रलाई बिशुद्ध रुपमा प्रसारण गर्ने हेतुले संचालनमा आएको यो च्यानल नेपालको एकमात्र मनोरञ्जनात्मक च्यानलका रुपमा अगाडि बढेको छ भने खेलकुद क्षेत्रलाई मात्र समेटेर बिशुद्ध खेल च्यानलका रुपमा एक्सन स्पोर्टस् टिभी अगाडि बढेको छ । 

यी टेलिभिजनहरु प्रसारणमा आएको छोटो समयमा नै दर्शकहरु माझ लोकप्रिय बन्न सफल भएको छ । आफ्नो एकबर्ष पुरा गरेको अवसरमा आश्विन १ गते सोमबार विश्वकर्मा पूजाको दिनमा यी दुवै च्यानलहरुले आफ्नो बार्षिकत्सव मनाएको थियो । 

बार्षिक कार्यक्रमको अवसरमा डिस मिडिया नेटवर्क लिमिटेडका प्रवन्ध निर्देशक सुदीप आचार्यले शुभकामना दिदैं छोटो समयमा सफलता हाँसिल गरेकोमा दुवै च्यानलार्य बधाई दिनुका साथै आगामी दिनमा अझ परिस्कृत रुपमा अगाडि बढ्नेमा आशावादी रहेको बताएका थिए । त्यसैगरी ओइपिएलका अध्यक्ष दयाराम पाण्डेयले भविष्यमा खेल क्षेत्रको र मनोरञ्जनात्मक क्षेत्रको अग्रणी च्यानलका रुपमा यी दुवै च्यानलाई स्थापित गर्ने बताएका थिए ।

कार्यक्रममा ओइपिएलका सबै कर्मचारी र डिसमिडिया नेटवर्कका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै