सेन्ट पेटर्सबर्ग (फ्लोरिडा) । क्यारेवियन क्षेत्रको सामुद्रिक आँधी इर्मा आइतबार अमेरिकी राज्य फ्लोरिडामा पुगेको छ । इर्माका कारण सो राज्यमा ३० लाख वासिन्दा विद्युतविहीन बनेका छन् ।
फ्लोरिडा विद्युत कम्पनीले मियामी–डाड क्षेत्रमा करिब छ लाख, ब्रोवार्ड मा करिब चार लाख र पाल्म विचमा करिब एक लाख ५० हजार मानिस विद्युत सेवा विहीन बनेका जनाएको छ ।
अहिले फ्लोरिडामा २ तहको आँधी आएको र आंधीको गति ११० माइल प्रति घण्टा रहेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । आधिका कारण फ्लोरिडाका सडकमा रुखहरु ढलेको र समुन्द्रमा पानीको सतह ९ फिटसम्म बढेको बताइएको छ ।
फ्लोरिडाको कुडजो किजमा आँधीका कारण आइतबार बिहान विशाल पहिरो गएको छ । फ्लोरिडा राजमार्ग सुरक्षा गस्ती टोलीले आँधीबाट भाग्ने क्रममा राजमार्गमा दुई जनाको निधन भएको बताएको छ ।
इर्मा आँधीका कारण अहिलेसम्म ४ जनाको मृत्यु भएको बताइएको छ ।
समयमै लाखौँ मानिसलाई सुरक्षितस्थलमा जान राज्य सरकार तथा सुरक्षाकर्मीले सूचना गरेकोले आँधीका कारण ठूलो मानवीय क्षति नभएपनि हजार्रौ घरहरू प्रभावित बनेका छन् ।