• २०८१ बैशाख २१ शुक्रबार

बिम्स्टेक सम्मेलनमा भाग लिन ५ देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौंमा, थाइल्यान्डका प्रधानमन्त्री आउँदै

kharibot

काठमाडौँ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच काठमाडौँको सोल्टी होटलमा सुरु हुदै छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्दै छन् ।

सम्मेलनमा भाग लिन आज बिहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । उनीहरु दुवै जना सम्मेलनस्थल सोल्टी होटल पुगिसकेका छन् । उनीहरुलाई त्रिभुवन विमानस्थलको अति विशष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

सम्मेलनमा भाग लिनका लागि यसअघि म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना यसअघि नै काठमाडौँ आइपुगिसकेका छन् ।

अब थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा काठमाडौँ आउँ बाँकी रहेका छन्  उनी केहि समय मै काठमाडौँ आइपुग्ने बताइएको छ। उनको स्वागतका लागि विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र सुरक्षासंयन्त्र तयारी अवस्थामा रहेको छ ।
...

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै