• २०८३ मङ्सिर १३ आइतबार

दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने

दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी १६ गते हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शाह सहभागी हुने जानकारी दिएका हुन् ।

प्रतियोगितालाई लक्षित गरी आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई सबै भूगोल र समुदायको उत्सव बनाउनुपर्ने बताए ।

उनले राष्ट्रिय खेलकुद काठमाडौंमा मात्र सीमित नराखी कर्णालीका विभिन्न जिल्लासम्म विस्तार गर्नु सकारात्मक भएको उल्लेख गरे । सुर्खेतबाहेक जुम्लामा पनि खेल आयोजना गर्नु विकेन्द्रीकरणको अभ्यास भएको उनको भनाइ थियो ।

राष्ट्रिय खेलकुदलाई कुनै एक सहर वा जिल्लामा सीमित नराखी देशभरका नागरिकको अपनत्व हुने गरी आयोजना गर्नुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै