काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४० वर्षीय रमेश पाख्रिन रहेका छन् । उनले मंसिर ११ गते राति मादक पदार्थ सेवन गरी ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट गरेका थिए ।
श्रीमान्–श्रीमतीबीच झगडा भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घरभित्रको सुत्ने कोठामा रुकुलाई मृत अवस्थामा फेला पारेको थियो ।
घटनामा संलग्न रमेशलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।









