काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १५औँ महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने बताएका छन् ।
शनिबार महाधिवेशन प्रचार–प्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर उद्घाटन गर्दै महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरे ।
उनले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको बताउँदै पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई मूलधारमा फर्किन आग्रह गरे ।
महतले १५औँ महाधिवेशनमा सकेसम्म सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफ्नो चाहना रहेको पनि बताए ।
देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।









