काठमाडौँ । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि पाकिस्तान ए र श्रीलंका एबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तान एले बंगलादेश एलाई पाँच विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । बंगलादेश एले दिएको २३३ रनको लक्ष्य पाकिस्तानले ४५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानको जितमा हसन नवाजले ६२ र शाहजेब खानले ५० रन बनाए । त्यसअघि बंगलादेशले शाहदत हुसेनको अविजित १०३ रनको मद्दतमा २३२ रन बनाएको थियो ।
यसअघि पहिलो सेमिफाइनलमा भारत एलाई पराजित गर्दै श्रीलंका ए फाइनलमा पुगेको थियो । अब दुवै टोलीबीच उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुने भएको छ ।









