Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदक विहिन

राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदक विहिन

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले १७ स्वर्ण, ११ रजत र १२ कांस्यसहित कुल ४० पदक जितेको छ ।

पदक तालिकाको दोस्रो स्थानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) रहेको छ । एनआरएनएले १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेको छ ।

नेपाली सेना १० स्वर्ण, १७ रजत र १७ कांस्य गरी कुल ४४ पदकसहित तेस्रो स्थानमा छ। नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १७ कांस्यसहित ४० पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

त्यस्तै, कोशी प्रदेशले ३ स्वर्णसहित ३ पदक जित्दा सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, ४ रजत र १ कांस्य गरी ७ पदक जितेको छ । सशस्त्र प्रहरी बलको टोलीले २ स्वर्णसहित २ पदक जितेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशले २ रजत र २ कांस्यसहित ४ पदक तथा गण्डकी प्रदेशले १ रजत र २ कांस्यसहित ३ पदक जितेका छन् । मधेस प्रदेशले १ कांस्य पदक जित्दा कर्णाली प्रदेशले भने अहिलेसम्म पदक जित्न सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै