Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

वैकल्पिक आवासबिना सुकुम्वासीलाई आश्रयस्थलबाट नहटाउन कुलमान घिसिङको आग्रह

वैकल्पिक आवासबिना सुकुम्वासीलाई आश्रयस्थलबाट नहटाउन कुलमान घिसिङको आग्रह

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी नहटाउन सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका परिवारलाई अहिले आश्रय लिइरहेको स्थान खाली गर्न निर्देशन दिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको घिसिङले बताएका छन् ।

जाडोको मौसममा सुरक्षित आवासको सुनिश्चितताबिना उनीहरूलाई पुनः विस्थापित गर्नु उचित नहुने उनको भनाइ छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई संवेदनशीलतापूर्वक विचार गर्नुपर्ने उनले बताएका छन् ।

‘भूमिहीन तथा सुकुम्वासी समस्याको समाधान विस्थापन मात्र होइन, उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना हो,’ घिसिङले भनेका छन् ।

उनले वैकल्पिक आवासको व्यवस्था नहुन्जेल आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न, प्रभावित परिवारका आधारभूत आवश्यकता सुनिश्चित गर्न र दीर्घकालीन तथा न्यायपूर्ण समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।

‘नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो,’ घिसिङले उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै