काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलाको ३३ सयले बढेर तोलाको दुई लाख ४६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला दुई लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३१९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार चाँदी ३०७५ रुपैयाँमा कारोबार भएको थियो ।









