• २०८३ मङ्सिर ८ मंगलबार

शरद ऋतुमा ४७ हिमाल आरोहण गर्न १६१३ पर्वतारोहीले लिए अनुमति

शरद ऋतुमा ४७ हिमाल आरोहण गर्न १६१३ पर्वतारोहीले लिए अनुमति

काठमाडौं । सन् २०२६ को शरद ऋतुमा नेपालका ४७ हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६१३ पर्वतारोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १ हजार २३७ पुरुष र ३७६ महिला रहेका छन् । उनीहरूबाट सरकारले ३३ करोड २९ लाख ४ हजार ९२२ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

प्रतिवेदनअनुसार कुल १८४ आरोहण टोलीले अनुमति लिएका छन्। उनीहरूबाट २ करोड १८ लाख ८८ हजार २५९ अमेरिकी डलर रोयल्टी संकलन भएको छ । 

जसअनुसार सबैभन्दा बढी आरोही मनास्लुमा पुगेका छन्। मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। त्यस्तै आमादब्लममा ३९ टोलीका ४६९, थापा पिक (धम्पुस) मा १३ टोलीका ६१ र हिमलुङ हिमालमा १३ टोलीका १३० जनाले अनुमति लिएका छन् । धौलागिरि प्रथममा ६ टोलीका ३७ पर्वतारोहीले अनुमति लिएका छन् ।

आरोहण अनुमति लिने देशमध्ये चीन पहिलो स्थानमा रहेको छ । चीनबाट १०२ पुरुष र ४४ महिला गरी १४६ जना पर्वतारोहीले अनुमति लिएका छन् । त्यस्तै फ्रान्सबाट १२४ पुरुष र १९ महिला गरी १४३, अमेरिकाबाट ९७ पुरुष र ३३ महिला गरी १३० तथा रुसबाट ८४ पुरुष र ३७ महिला गरी १२१ जनाले अनुमति लिएका छन् ।

यसैगरी बेलायतबाट ९६ पुरुष र १६ महिला गरी ११२, जर्मनीबाट १००, नेपालबाट ८८, इटालीबाट ६४, स्विट्जरल्यान्डबाट ५१ र अस्ट्रेलियाबाट ४६ जना पर्वतारोहीले आरोहण अनुमति लिएका छन् । त्यस्तै नेपालबाट अनुमति लिनेमा ८३ पुरुष र पाँच महिला रहेका छन् ।

पर्यटन विभागको तथ्यांकले शरद ऋतुमा पनि नेपालका हिमालप्रति विदेशी पर्वतारोहीको आकर्षण उल्लेख्य रहेको देखाएको छ। विशेषगरी मनास्लु र आमादब्लम आरोहणका लागि सबैभन्दा धेरै टोली तथा पर्वतारोही आकर्षित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै