काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।
हाल देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर मौसम मूख्यतया सफा रहनेछ भने आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।









