• २०८३ मङ्सिर ७ सोमबार

राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीप संरक्षण गर्न सरकारसँग माग

राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीप संरक्षण गर्न सरकारसँग माग

काठमाडौं । लोपोन्मुख राउटे समुदायले आफ्नो परम्परागत सीप, कला, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गर्दै समुदायका प्रतिनिधिहरूले परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान जोगाउन राज्यको पहल आवश्यक रहेको बताएका थिए ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक मन्त्री सीता वादीसमेत सहभागी छलफलमा राउटे समुदायको परम्परागत काष्ठकला तथा हस्तकलाको प्रवर्द्धन, भाषा र संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा दिगो आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने विषय उठाइएको थियो ।

छलफलमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीप संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका थिए । उनले यसका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर समुदायको सीपलाई आयआर्जनसँग जोड्नुपर्ने तथा भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका थिए ।

श्रेष्ठले आवश्यक समन्वय र व्यवस्था मिलाउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक मन्त्री वादीलाई निर्देशनसमेत दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै