• २०८३ मङ्सिर ४ शुक्रबार

नेसन्स लिगको क्वार्टरफाइनलमा कुन देश को सँग खेल्ने भए ?

नेसन्स लिगको क्वार्टरफाइनलमा कुन देश को सँग खेल्ने भए ?

काठमाडौं । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता नेसन्स लिगको क्वार्टरफाइनलमा इंग्ल्याण्डले नर्वेसँग प्रतिस्पर्धा गर्ने भएको छ। सार्वजनिक खेल तालिकाअनुसार क्वार्टरफाइनलमा स्पेनले फ्रान्स, नेदरल्यान्ड्सले पोर्चुगल र बेल्जियमले जर्मनीसँग खेल्नेछन् ।

क्वार्टरफाइनलका खेल दुई चरणमा हुनेछन् । दुवै चरणका खेल सन् २०२७ को मार्चमा सञ्चालन हुनेछन्। तालिकामा दोस्रो स्थानमा रहेका टोलीले दोस्रो चरणको खेल आफ्नै घरेलु मैदानमा खेल्नेछन् । क्वार्टरफाइनलका विजेता टोली नेसन्स लिगको अन्तिम चरणमा प्रवेश गर्नेछन् ।

सेमिफाइनलका खेल भने एकै चरणमा हुनेछन् । सेमिफाइनल सन् २०२७ जुन ९ र १० तारिखमा सञ्चालन हुनेछ । तेस्रो स्थानका लागि हुने खेल र फाइनल जुन १३ तारिखमा हुनेछ । प्रतियोगिताको अन्तिम चरण आयोजना हुने स्थान भने तय भइसकेको छैन ।

क्वार्टरफाइनलको विजेता टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्स र पोर्चुगलबीचको विजेताले स्पेन र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । त्यस्तै, बेल्जियम र जर्मनीबीचको विजेताले नर्वे र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी, समूह ‘ए’ र ‘बी’ बीचको प्लेअफमा बोस्निया हर्जगोभिनाले डेनमार्क, हंगेरीले सर्बिया, आयरल्यान्डले क्रोएसिया तथा स्लोभेनियाले वेल्ससँग खेल्नेछन् ।

समूह ‘बी’ र ‘सी’ बीचको प्लेअफमा साइप्रस र उत्तर म्यासेडोनिया, इस्टोनिया र रोमानिया, फारोइ आइल्यान्ड्स र जर्जिया तथा बेलारुस र इजरायलबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै