• २०८३ मङ्सिर ४ शुक्रबार

भारत भ्रमण बारे प्रधानमन्त्रीले सुझाव नमागेको गगन थापाको गुनासो

भारत भ्रमण बारे प्रधानमन्त्रीले सुझाव नमागेको गगन थापाको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुझाव नै नमागेपछि आफूहरूले सुझाव दिनुको औचित्य नरहेको बताएका छन् । 

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दलसँग कुनै सुझाव नलिइएको प्रसङ्ग उठाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनको तयारीबारे भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने- 'माग्दै नमागेपछि सुझाव के दिने ? सुझाव नमागेपछि सुझाव दिएर किन हिँड्ने ? निर्वाचनको बारेमा सरकार केही बोल्दैन भने हामीले किन धारणा बनाएर हिँड्ने ?’

उनले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने मुख्य जिम्मेवारी सरकारको भएको बताए । निर्वाचनबारे संविधानमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उनले निर्वाचन आयोगले प्रारम्भिक छलफल अघि बढाएको जानकारी दिए ।

सरकारले राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल र संवाद गरे कांग्रेसले पनि आफ्नो धारणा राख्ने उनको भनाइ थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै