• २०८३ मङ्सिर ३ बिहीबार

पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने

पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघले आगामी पुस २० गते (४ जनवरी २०२७) काठमाडौंमा पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना गर्ने भएको छ ।

‘महिला सशक्तीकरणको आधार : रोजगारी, उद्यम र व्यापार’ भन्ने नारासहित नेपाल सरकारसँगको सहकार्यमा आयोजना हुने सम्मेलनमा विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा स्वदेशका महिला उद्यमी सहभागी हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा महिला अधिकार, वैदेशिक रोजगारीमा महिलाको सुरक्षा, उद्यमशीलता, वित्तीय तथा प्रविधिमा पहुँच, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, लैङ्गिक हिंसा र मानव बेचबिखनजस्ता विषयमा छलफल गरिने संघले जनाएको छ ।

सम्मेलनले स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाबीच अनुभव र सीप आदानप्रदान गर्दै महिला उद्यमीलाई पुँजी, प्रविधि र बजारसँग जोड्ने लक्ष्य राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै