• २०८३ मङ्सिर ३ बिहीबार

भीमफेदीमा सुमो दुर्घटना: मृतकको संख्या तीन पुग्यो

भीमफेदीमा सुमो दुर्घटना: मृतकको संख्या तीन पुग्यो

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको जानकारी दिएको छ ।

घाइतेहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९:२० बजे चिकित्सकले तीन  जनालाई मृत घोषणा गरेका हुन् ।

सुमोमा चालकसहित १० जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै