• २०८३ मङ्सिर ३ बिहीबार

एक हजार मेगावाट विद्युत् खरिद सम्झौता पीपीए गर्दै प्राधिकरण

एक हजार मेगावाट विद्युत् खरिद सम्झौता पीपीए गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका विभिन्न ऊर्जा कम्पनीसँग करिब एक हजार मेगावाट क्षमताको विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने प्रक्रिया अघि बढाएको छ ।

प्राधिकरणले सरकारी कम्पनीहरूसँग पीपीए गर्न लागेको हो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सम्झौताको तयारी पूरा भएको छ भने यसै साताभित्र सञ्चालक समितिबाट निर्णय गर्ने तयारी छ ।

पीपीए गर्न लागिएका आयोजनामा २१० मेगावाटको चैनपुर सेती, ७० मेगावाटको सिम्बुवा, ४३९ मेगावाटको बेतन कर्णाली, १२४ मेगावाटको जगदुल्ला ‘ए’, ३० मेगावाटको सौर्य आयोजना, ४५४ मेगावाटको किमाथांका र ७७ मेगावाटको चिलिमे सेती रहेका छन् ।

विद्युत् खरिद सम्झौता भएपछि सरकारी कम्पनीहरूलाई लगानी जुटाउन, पूर्वाधार निर्माण गर्न र आयोजना निर्माणलाई तीव्रता दिन सहज हुने अपेक्षा गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् प्राधिकरणले खरिद गर्ने र प्राधिकरणले सोहीअनुसार चरणबद्ध रूपमा पीपीए प्रक्रिया अघि बढाएको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै