काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा यो खेल साँझ ५ बजेदेखि हुने तालिका छ ।
सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । त्यस्तै चितवन राइनोजले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायर खेल्न लागेको छ ।
दोस्रो क्वालिफायरमा विजयी हुने टिमले फाइनलमा लुम्बिनी लायन्सको सामना गर्ने छ भने पराजित हुने टिम बाहिरिने छ ।
समुह चरण भएको सुदूरपश्चिम र चितवनबीचको खेलमा सुदूरपश्चिम ५ विकेटले विजयी भएको थियो ।









