• २०८३ मङ्सिर २ बुधबार

चितवन राइनोजले काठमाडौँलाई दियो २०५ रनको लक्ष्य

चितवन राइनोजले काठमाडौँलाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो ।

चितवनका लागि कामिल मिशाराले अविजित १२० रन बनाएका थिए । मिशाराले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरेका थिए ।

यो एनपीएलका तिनै सिजनमा कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत धेरै रन समेत हो । त्यस्तै रवि भोपाराले ५३ रन बनाएका थिए भने देव खनालले १७ रन बनाएका थिए ।

त्यस्तै काठमाडौँका बलर करण केसी र राशिद खानले २-२ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै