• २०८३ कार्तिक ३० सोमबार

एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायर खेल आज हुदैछ । 

आज साँझ ५ बजेदेखि शुरु हुने यस खेलमा शिर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स खेल्दैछन् । 

यसै सिजनको लिग चरणको पहिलो खेलमै आमने सामने हुदा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो । यसअघि एनपीएलको दोस्रो सिजनको फाइनलमा समेत दुवै टिम खेलेका थिए र सो खेलपनि लुम्बिनीले जितेको थियो । 

लिग चरणमा लुम्बिनीले खेलेका ७ खेलमा ५ खेल जितेको थियो भने एक खेलमा हार बेहोरेको थियो । त्यस्तै एक खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो ।  त्यस्तै सुदूरपश्चिमले खेलेका ७ खेलमा ५ जित र २ हार बेहोरेको थियो । 

लुम्बिनी लायन्सले यस सिजनमा कप्तान रोहित पौडेलसहित डिआर्ची शर्ट, आसिफ सेख, शेर मल्ल, निरोशन डिकवेला, किशोर महतोको उत्कृष्ट प्रदर्शनसँगै अंक तालिकामा शिर्ष स्थानमा रहन सफल भएको छ । त्यस्तै सुदूरपश्चिम भने कप्तान दिपेन्द्र सिंह ऐरी, अनिल खरेल, हेमन्त धामीसहितका खेलाडीको उत्कृष्ट प्रदर्शनले दोस्रो हुदै पहिलो क्वालिफायर खेल्दैछ । 

पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टिम र तेस्रो र चौथो टिमबीच हुने इलिमिनेटरको विजेता टिम खेल्ने छन् । र दोस्रो क्वालिफायरको विजेता टिम पहिलो क्वालिफायरको विजेता टिमसँग फाइनलमा खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै