• २०८३ मङ्सिर २ बुधबार

द्रुतमार्गको महादेवटार सुरुङको ब्रेक थ्रु

द्रुतमार्गको महादेवटार सुरुङको ब्रेक थ्रु

काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरमा निर्माणाधीन महादेवटार सुरुङको ब्रेक थ्रु भएको छ । निजगढबाट काठमाडौं आउने ३ हजार ४२२ मिटर लामो सुरुङ आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छिचोलिएको हो ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको द्रुतमार्गअन्तर्गत भीमफेदी र बकैया गाउँपालिकामा महादेवटार सुरुङ निर्माण भइरहेको छ । सुरुङको जोडीमध्ये सबैभन्दा लामो सुरुङ छिचोलिएसँगै आयोजनाले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

ब्रेक थ्रु कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापति, रक्षा सचिवलगायत द्रुतमार्ग निर्माणमा संलग्न सैनिक तथा गैरसैनिक व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

द्रुतमार्गअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन्। हालसम्म धेद्रे, लेनडाँडा र महादेवटारका तीन स्थानमा रहेका ६ वटा सुरुङ खन्ने काम सम्पन्न भएको छ भने अन्य चार स्थानका आठवटा सुरुङ निर्माणाधीन अवस्थामा छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै