काठमाडौं । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ वर्षे खेलजीवन अन्त्य गरेका छन् । चेन्नई सुपर किंग्सले उनलाई सन् २०२७ को संस्करणका लागि टोलीको मेन्टर नियुक्त गरेको मंगलबार घोषणा गरेको छ।
४५ वर्षीय धोनीले सन् २००८ देखि चेन्नईको प्रतिनिधित्व गर्दै पाँच पटक आईपीएल उपाधि जिताएका थिए । उनको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो । उनले आईपीएल करियरमा ५ हजार ४३९ रन बनाएका छन् ।
धोनीले आईपीएलमा चेन्नईका लागि १७ सिजन खेलेका थिए । सन् २०२६ को संस्करण चोटका कारण उनले एउटा पनि खेल खेल्न पाएनन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२० मा संन्यास लिएपछि उनले आईपीएल मात्रै खेल्दै आएका थिए ।
चेन्नईका मालिक एन श्रीनिवासनले धोनी सधैँ टोलीको पहिचान र परिवारको हिस्सा रहने बताएका छन् । सन् २०२७ को संस्करणमा उनी मुख्य प्रशिक्षक जाहिर खानसहितको नयाँ प्रशिक्षक टोलीसँग सल्लाहकारको भूमिकामा रहनेछन् ।









