• २०८३ मङ्सिर १ मंगलबार

महेन्द्र सिंह धोनी फेरी बने चेन्नई सुपर किंग्सको कप्तान

महेन्द्र सिंह धोनी फेरी बने चेन्नई सुपर किंग्सको कप्तान

काठमाडौँ । आइपिएल टिम चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीलाई पुन: कप्तान बनाएको छ । कप्तान ऋतुराज गायकवाड चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि उनको स्थानमा धोनीलाई टोलीको कप्तानी दिइएको छ । 

चेन्नईले आफ्नो अर्को खेल शुक्रबार कोलकातासँग खेल्नेछ । कप्तान गायकवाड कुहिनाको चोटका कारण पुरै सिजन बाहिर हुने छन् । चेन्नईले गायकवाड बाहिरिएको र धोनी नयाँ कप्तान बनेको जानकारी दिएको छ । 

सिजनको बीचमा कप्तान परिवर्तन गरेर चेन्नई सुपर किंग्सले सबैलाई चकित पारेको छ । यसअघि टोलीले आईपीएल २०२४ सुरु हुनुभन्दा ठीक अगाडि ऋतुराजलाई कप्तान बनाएको थियो । धोनी र गायकवाड बाहेक सुरेश रैना र रवीन्द्र जडेजाले पनि टोलीको नेतृत्व गरेका छन् । धोनीको अनुपस्थितिमा रैनाले टोलीको नेतृत्व गरिरहेका थिए भने प्रतियोगिता सुरु हुनुभन्दा ठीक अघि आईपीएल २०२२ मा जडेजालाई पूर्ण रूपमा नयाँ कप्तान बनाइएको थियो । यद्यपि, त्यो सिजनमा टोलीको प्रदर्शन धेरै खराब रह्यो र आधा सिजन पछि धोनीले कप्तानी फिर्ता लिए र २०२३ मा, उनले आफ्नो कप्तानीमा टोलीलाई पाँचौं पटक उपाधि दिलाए ।

यस सिजनमा चेन्नई सुपर किंग्सको प्रदर्शन खराब रहेको छ । अहिलेसम्म खेलेका पाँच खेलमा चार पटक हार बेहोरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै