काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि प्रारम्भिक छलफल हुने भएको छ ।
बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिले जानकारी दिएको छ ।
बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि प्रारम्भिक तथा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।









