• २०८३ कार्तिक ३० सोमबार

मकवानपुरमा ६ किलो ४० ग्राम चरेससहित दुई जना पक्राउ

मकवानपुरमा ६ किलो ४० ग्राम चरेससहित दुई जना पक्राउ

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् ।

सोमबार बिहान चित्लाङस्थित प्रहरी चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको जिपबाट उक्त परिमाणको चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ घर भई हाल बनेपा नगरपालिका–८ बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल भरतपुर–२ बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् ।

प्रहरीले जिपसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै