• २०८३ कार्तिक ३० सोमबार

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपरासी । नवलपरासी पूर्वको कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

सोमबार बिहान करिब ६: ४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो ।

दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको  प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै