काठमाडौं । भारतले पाँचौँ तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्डलाई २२ रनले पराजित गर्दै पाँच खेलको सिरिज ३–२ ले जितेको छ ।
न्युजिल्यान्डको माउन्ट माउन्गानुईस्थित बे ओभलमा भारतले दिएको २१० रनको लक्ष्य पछ्याएको घरेलु टोली ४८.१ ओभरमा १८७ रनमा समेटिएको थियो । यससँगै भारतले निर्णायक खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।
भारतले पहिले ब्याटिङ गर्दै ४२.१ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो । भारतका अक्षर पटेल र इशान किशनले समान ४६ रन बनाए । न्युजिल्यान्डका मिचेल सान्टनर र ज्याकब डफीले समान ३ विकेट लिए ।
जवाफमा न्युजिल्यान्डका डिन फक्सक्रफ्टले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतका अर्शदीप सिंहले ३ विकेट लिए भने अक्षर पटेलले पनि २ विकेट लिए ।
यस सिरिजमा भारतले पहिलो र दोस्रो खेल जितेको थियो भने तेस्रो खेल बर्षाले रद्ध भएको थियो । त्यस्तै चौथो खेल न्युजिल्याण्डले जितेको थियो ।
एकदिवसीय सिरिजपछि अब दुवै देशले २ खेलको टेस्ट सिरिज खेल्ने छन् । पहिलो टेस्ट नोभेम्बर १९ देखि शुरु हुदैछ ।









