• २०८३ कार्तिक २९ आइतबार

चलचित्र ‘फ्रेन्च किस’ माघ १ गते प्रदर्शनमा आउने

चलचित्र ‘फ्रेन्च किस’ माघ १ गते प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’को टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । अर्पण थापा निर्देशित चलचित्र आगामी माघ १ गते माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक टिजरमा अर्पण थापा र थिन्ले ल्हामोको प्रेम, आकर्षण र सम्बन्धमा आउने उतारचढाव प्रस्तुत गरिएको छ । आधुनिक प्रेम सम्बन्धमा देखिने आकर्षण, क्षणिकता र बदलिँदो भावनालाई टिजरमा देखाइएको छ ।

चलचित्रमा अर्पण र थिन्लेसँगै रेखा थापा, गौरी मल्ल र आयशा तामाङलगायत कलाकारको अभिनय छ । चलचित्रको कथा पनि निर्देशक अर्पण थापाकै रहेको छ ।

एटीएफ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता सौगात बस्नेत र सहनिर्माता सुभाष बी. शाही हुन् । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सङ्गीत दीपक बज्राचार्यको रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै