• २०८३ कार्तिक २९ आइतबार

सबै नागरिकको समान सहभागिता र अधिकार सुनिश्चित हुनुपर्छ- सभामुख अर्याल

सबै नागरिकको समान सहभागिता र अधिकार सुनिश्चित हुनुपर्छ- सभामुख अर्याल

बारा । सभामुख डोलप्रसाद (डीपी) अर्यालले समाजमा सबै नागरिकको समान सहभागिता र अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् ।

बाराको सिमरा–४, औराहास्थित नवनिर्मित कृष्ण प्रणामी मन्दिरको अवलोकन तथा स्थानीय समुदायसँगको भेटघाटका क्रममा उनले समाज, संविधान र कानुनले वञ्चित नगरेका विषयमा सबै नागरिकको समान उपस्थिति र सहभागिताको अधिकार रहेको बताए ।

उनले जातजाति, भाषा, धर्म र संस्कृतिबीचको सद्भाव तथा सहअस्तित्व नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै यही एकतालाई कायम राख्नुपर्ने बताए ।

सभामुख अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण आजको प्रमुख आवश्यकता भएको बताउँदै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। यसका लागि नागरिकका समस्या र गुनासो संवाद, सहकार्य तथा समन्वयमार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

आफू निश्चित अवधिका लागि सभामुखको जिम्मेवारीमा रहे पनि साधारण नागरिकका रूपमा समाजसँगको सम्बन्ध नबिर्सने उल्लेख गर्दै उनले सामाजिक धरातलप्रति सधैँ जिम्मेवार रहने बताए ।

उनले संघीय संसद्मा कानुन तथा नीति निर्माण गर्दा सबै धर्म, संस्कृति, जातजाति र भाषालाई समेट्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै विज्ञ तथा सरोकारवालाका सुझाव र अनुभवले भावी पुस्ताका लागि उपयोगी कानुन बनाउन सहयोग पुग्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै