काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गगन थापाले १८ करोड दिएर पार्टी किनेको आरोप लगाएका छन् ।
देउवा समुहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले इनम सापकोटाको बयानबाट स्पष्ट भएको भन्दै कथित विशेष महाधिवेशनमार्फत १८ करोडमा पार्टी किनेको आरोप लगाएका हुन् ।
उनले भने- 'यसबाट प्रस्ट भयो। इनम सापकोटाले १८ करोड भनेका छन्, त्यो सानो रकम हो ? त्यो पैसा दिएर पार्टी किनिदिए, अब के हामीले पैसामा पार्टी बेच्ने हो ?'
उनले विशेष महाधिवेशनमा आफ्नो समर्थन नरहेको र आफुलाई बर्खास्त नगरी कसरी अर्को सभापति बन्न सक्छ भन्ने प्रश्न गरेका थिए ।
देउवाले सर्वोच्चबाट आफुहरुले नै आधिकारिकता पाउने दाबि दोहोराएका छन् ।









