काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
शनिबार दिउँसो झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१–००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको थियो ।
दुर्घटनामा अटोमा सवार सातै जना घाइते भएका छन्। उनीहरू सबैलाई उपचारका लागि मकवानपुर पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान गरिरहेको छ । दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको छ ।









