जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा रहेको सरकारबाट नेकपाले समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।
कांग्रेसको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट यसअघि एमालेले समर्थन फिर्ता लिइसकेको छ । नेकपा पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री यादवले कात्तिक २८ गतेभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यता रहेको छ ।









