• २०८३ कार्तिक १९ बिहीबार

विराटनगर किंग्सले काठमाडौँलाई दियो ८४ रनको लक्ष्य

विराटनगर किंग्सले काठमाडौँलाई दियो ८४ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा विराटनगर किंग्स ८३ रनमा अल आउट भएको छ । योसँगै काठमाडौँ गोर्खाजले ८४ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले १८.३ ओभरमा अल आउट हुदै ८३ रन मात्र बनाएको हो ।

विराटनगरका लागि रुपेश सिंहले सर्बाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाएका थिए ।

त्यस्तै, काठमाडौँ गोर्खाजका बलर सन्तोष यादवले ३ विकेट लिए भने करण केसी र सहान आराचचिगेले २-२ तथा जहानदाद खान र देव शाहले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै