• २०८३ कार्तिक १८ बुधबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२६ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा २  जनाको तथा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।  

त्यस्तै देशभर भएका दुर्घटनामा १२६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने कोशीमा २६ जना, काठमाडौँ उपत्यकामा १६ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा ३८ जना, कर्णालीमा ४ जना र गण्डकीमा ८ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै