बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
बुधबार बिहान करिब ८: ४५ बजे से ००१ च ४३७६ नम्बरको जीप दुर्घटनामा परेको हो । काँडाचौरका १५ जना स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जीपमा सवार ६ जना गम्भीर घाइते भएका छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको र उक्त जीप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको स्थानीयले बताएका छन् ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।









