• २०८३ कार्तिक १८ बुधबार

राष्ट्रिय सभाको विपदबारेको संसदीय विशेष समितिको बैठक बस्दै

राष्ट्रिय सभाको विपदबारेको संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौं । भोटेकोशी एवम् कालीगण्डकी करिडोरमा गएको विपद्बारे अध्ययन तथा अनुगमन गर्न गठित राष्ट्रिय सभा संसदीय विशेष समितिको बैठक आज बस्दै छ ।

समितिको बैठक कात्तिक १८ गते बिहान ११ बजे संघीय संसद् सचिवालयअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा बस्ने जानकारी दिएको छ ।

बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै