• २०८३ कार्तिक १७ मंगलबार

यस्तो छ तिहारको भाइटीकाको शुभसाइत

यस्तो छ तिहारको भाइटीकाको शुभसाइत

काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस बर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिले दाजुभाई पश्चिम फर्कने, दिदीबहिनीहरुले पूर्व फर्केर टीका लगाइदिनुपर्ने बताएको छ । 

समितिका अनुसार यस वर्ष यमपञ्चक कात्तिक २० गतेदेखि सुरु हुनेछ । कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ भने कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । त्यसैगरी, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा (दीपमालिका), सुखरात्री मनाइने छ भने कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ । यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै