काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकप्टरका पाइलट सुरक्षित रहेका छन् ।
मंगलबार, बिहान सोलुखुम्बुको सगरमाथा बेसक्याप्स नजिकै फेरिचे हेलिप्याडमा अवतरणकाक्रममा एयर डाइनेस्टीको हेलिकप्टर र फिष्टेल एयरको हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएका थिए ।
प्रहरीका अनुसार दुवै पाइलट सुरक्षित रहेका छन् । एयर डाइनेस्टीको ९ एन- एओडी कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल केसी र फिष्टेल एयरको ९एन- एजेआर कलसाइन भएको हेलिकप्टर क्याप्टेन रविन प्रजापति सकुशल रहेका छन् । फिष्टेलका पाइलट प्रजापतिको खुट्टामा चोट लागेको बताइएको छ ।
दुर्घटनामा फिस्टेल एयरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको छ भने न्यूजिल्याण्डका नागरिक घाइते भएको प्रहरीले बताएको छ । घाइतेको थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।









