• २०८३ कार्तिक १३ शुक्रबार

सोलुखुम्बुको दिङबुचेस्थित होटलमा आगलागी

सोलुखुम्बुको दिङबुचेस्थित होटलमा आगलागी

काठमाडौं । सोलुखुम्बुको दिङबुचेस्थित एक होटलमा आगलागी भएको छ । 

शुक्रबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिकास्थित दिङबुचेस्थित गुड लक होटलमा आगलागी भएको हो । 

प्रहरीका अनुसार कुलबहादुर तामाङले सञ्चालन गरेको उक्त होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगो नियन्त्रणका लागि दिङबुचेबाट प्रहरी टोली खटिएको र आगलागीबाट मानवीय क्षति नभएको बताइएको छ ।

होटलमा रहेका पर्यटकका सामान सुरक्षित स्थानमा सारिएको र आगलागी भएको होटल आसपासका अन्य होटलबाट समेत सामान र मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै