• २०८३ कार्तिक १७ मंगलबार

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईको भू-भागमा मौसम मूख्यतया सफा रहने र देशका  हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

त्यस्तै, आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशको  हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशको  पहाडी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै