• २०८३ कार्तिक १६ सोमबार

चन्द्र भण्डारीको टिप्पणी- पदले विवेक गुमाए विधि र कानुनले हस्तक्षेप गर्नुपर्छ

चन्द्र भण्डारीको टिप्पणी- पदले विवेक गुमाए विधि र कानुनले हस्तक्षेप गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले वर्तमान राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै जोस र लोभका कारण विधि तथा कानुन कमजोर हुन नहुने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै भण्डारीले जोसले अगाडिको बाटो देख्न छोडे र लोभका सामु पदले विवेक गुमाए विधि तथा कानुनले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्- के हुँदैछ ? जोसले अगाडिको बाटो देख्न छोड्यो, लोभका सामु पदले विवेक गुमायो भने त्यसलाई विधि र कानुनले हस्तक्षेप नगरे भोलिको दुर्घटना रोक्न सकिदैन । किनकि जोस क्षणिक हुन्छ, लोभ अनियन्त्रित हुन्छ,  तर त्यसको परिणाम पुस्तौं सम्म भोग्नुपर्छ !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै