• २०८३ कार्तिक १६ सोमबार

सुदूरपश्चिम रोयल्सले टस जित्यो, चितवनले पहिला ब्याटिंग गर्ने

सुदूरपश्चिम रोयल्सले टस जित्यो, चितवनले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।

योसँगै चितवन राइनोजले ब्याटिंग गर्ने भएको छ । आजको खेलमा चितवनको कप्तानी सिकन्दर राजाले गर्ने भएका छन् ।

चितवन राइनोजले भने यसअघिका दुई मध्ये एक खेलमा विराटनगरलाई पराजित गरेको थियो भने एक खेल बर्षाले अवरुद्ध हुदा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो । त्यस्तै, सुदूरपश्चिम रोयल्सले भने खेलेका ३ खेलमा दुई हार र एक जित हासिल गरेको छ । सुदूरपश्चिमले पोखरालाई पराजित गरेको थियो भने लुम्बिनी र विराटनगरसँग हार बेहोरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै